मोदीसँग डेढ घन्टा भेटेपछि प्रधानमन्त्री ओलीले भने, ‘असमझदारी हटिसक्यो’

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै। तस्बिर: नरेन्द्र मोदीको ट्विट
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनकै निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ डेढ घन्टा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच कुनै पनि असमझदारी नरहेको बताएका छन्।
मोदीसँगको भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई कसरी थप सुदृढ बनाउने भन्नेमा बिस्तृत छलफल भएको ओलीले बताए। अब असमझदारी हटेको हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनलेे भारतसँगको असमझदारी पहिले नै हटिसकेको बताए।
मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए। ओली र मोदीबीच शनिबार द्वीपक्षीय औपचारिक छलफल हुनेछ। 
चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्