जलवायु परिर्वतनले निम्त्याएका संक्रणात्मक रोग

डा.मेघनाथ धिमाल –

जलवायु परिर्वतनले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ। जलवायु परिर्वतन भन्‍ने वित्तिकै तापक्रममा वृद्धि, अनावृष्टि, अतिवृष्टि र अल्पवृष्टि हो भन्‍ने बुझिन्छ जसले गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको छ।

तापक्रममा अत्याधिक वृद्धिका कारण कार्यक्षमतामा ह्रास आउनुको साथै मानसिक स्वास्थ्यमा पनि उत्तिकै असर परेको देखिन्छ। त्यस्तै जलवायु परिवर्तनकै कारण प्रत्यक्ष असरको रुपमा दैवी प्रकोप र यसका विभिन्‍न समस्या जस्तै मानव बस्ती डुबानमा पर्ने, चोटपटक लाग्ने, संक्रणात्मक रोगहरुमा वृद्धि भएको विभिन्न अनुसन्धानले देखाएको छ।

यसका कारण आर्थिक, भौतिक क्षति त हुन्छ नै त्यो सँगसँगै स्वास्थ्यमा पनि नकारात्मक असर परेको हुन्छ भने अप्रत्यक्ष रुपमा पनि जलवायु परिर्वतन कारण मानव स्वास्थ्यलाई ठूलो असर पारिरहेको छ।

बिडम्बना के छ भने नेपाल जस्तो कृषिप्रधान देशमा पनि आकाशेपानीको भर पर्नु पर्ने अवस्था छ। यसका कारण कृषि उत्पादनमा कमी र खाद्यान्नमा अभाव, खाद्य सुरक्षामा कमी आएकै कारण कुपोषण जस्ता समस्या आउने गरेको विभिन्‍न अनुसन्धानले देखाएको छ।

डा.मेघनाथ धिमाल

जलवायु परिर्वतनको असरका कारण हिजो तराईमा देखिने किटजन्य, झाडापखला रोगहरु र महामरी आज पहाड र हिमाली भेगतिर देखिन थालेका छन्। यसरी जलवायु परिर्वतनको विभिन्न कारणले स्वास्थ्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गम्भीर असर पारेको छ।

त्यस्तै पानीको मुहान सुक्ने कारण पनि जलवायु परिवर्तनको एक प्रमुख कारक तत्व हो। भौगोलिक हिसावले हेर्न हो भने तराईमा पानीको मुहान सुक्यो भने पनि समतल भूभाग हुने हुँदा मानिस पानीको खोजीमा त्यतै हिँड्छन्।


तर, पहाड र हिमाली जिल्ला पानीको मुहान सुक्यो भने चारदेखि पाँच घण्टासम्म हिँड्नुपर्ने बाध्यता हुन्छ। यसका कारण विषेश गरी महिलाहरुमा आङ्ग खस्ने र पाठेघरको समस्या पछिल्लो समयमा अलि बढी नै बढेको देखिन्छ।

त्यस्तै जसको रोग प्रतिरोधात्मक क्षमता अलि कम छ र दीर्घकालीन रोगले ग्रस्त छन् , सुत्केरी र गर्ववती महिला, बालबालिका वृद्धवृद्धाहरु अत्याधिक जोखिममा परेको देखिन्छ। विकसित देशमा अत्याधिक औधोगिककरण र सहरीकरणको कारण बिकासोन्मुख राष्ट्र मारमा परेको छन्।

हरितगृह ग्यासको उत्सर्जनमा कमीका कारण अबको परेका प्रभावलाई कसरी न्यूनिकरण गर्ने भन्‍ने विषयलाई अनुकुलन गरिनु पर्ने जरुरी देखिन्छ।

जलवायु परिर्वतनको असरलाई कम गर्न जनस्वास्थ्य प्रणलीको सुदृणीकरण गरिनु पर्ने, स्वास्थ्यमा लगानी बढाउन पर्ने, गरिब जनताको स्वास्थ्य सुरक्षाका साथै सरकारले जलवायु परिर्वतनको कारण स्वास्थ्यमा देखिने असरका विषयका क्रायर्कमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने र बिपद व्वस्थापनको लागि पनि उच्च तयारीमा रहनु पर्ने स्थिति रहेको छ। जसले जलवायु परिर्वतनको कारण बाढी पहिरो जस्ता समस्याबाट र विभिन्‍न रोगको जोखिमबाट बचाउन सकिन्छ।

जलवायु परिर्वतन र स्वास्थ्यलाई सरकारले गम्भीर रुपले हेरेको र सन् २०१० मा पनि नापा भनेर जलवायु परिर्वतन भइसकेपछि उत्पन्न हुने समस्यालाई तुरुन्तै गरिनु पर्ने कार्य के कस्तो हुन सक्छ भनेर प्रथमिताका कार्यक्रमहरु रहेको छ। त्यस्तै हरियो वन लगायतका कार्यक्रमहरु भइरहेको छ।

नेपाल स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति सन् २०१४ कार्ययोजना अन्तर्गत जलवायु परिर्वतनको असरबाट मानव स्वास्थ्यलाई बचाउन बहुसरोकारवाला सँग समन्यवन गरेर कार्य गर्ने रणनीति अगाडि सारेको छ।

यस्तै नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य अनुकुलन योजना पनि बनाएको छ। जसले विभिन्‍न क्षेत्र जस्तै स्वास्थ्य मन्त्रालय, खनेपानी मन्त्रालय, उर्जा मन्त्रालय, कृषि मन्त्रालय लगायतका विभिन्‍न क्षेत्रबाट के कस्ता कार्य गरे भने सम्रग स्वास्थ्य क्षत्रलाई लाभ हुन्छ र स्वास्थ्य क्षेत्रलाई माथि उढाउन सकिन्छ भन्‍नेबारे सरकारले योजना बनाएको छ। यो योजना एसिया मै नेपालले पहिलो पटक गर्न लागेको हो।

(डा.मेघनाथ धिमालसँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित)

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्