डिपिएल क्रिकेट : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा रुपन्देही

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

अहिलेसम्म भएका तीन खेलमा एकमा जित निकालेको अत्तरिया दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेलमा एकमा जित निकालेको महेन्द्रनगर युनाइटेडको समान दुई अंक नै भए पनि रन रेटका आधारमा चौथो स्थानमा छ ।

यस्तै दिउँसो १ बजेपछि हुने शनिबारको दोस्रो खेलमा टिम धनगढी चौराहाले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्ने छ । रुपन्देही पहिलो जितको खोजीमा छ ।

उसले अहिलेसम्म भएका तीन खेलमा सबैमा हार बेहोरेको छ । दोस्रो स्थानमा रहेको टिम धनगढी चौराहाले भने तीन खेलमा दुईमा जित निकालेर चार अंक जोडेको छ ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्