केशव स्थापित

काठमाडौं – प्रदेश नम्बर तीनका मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ । भौतिक पूर्वाधार मन्त्री स्थापितको घरमा शुक्रबार दिउँसो चोरी भएको भन्ने जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

स्थापितको घरमा पछाडिको ढोका फोरेर चोरी भएको देखिएको उजुरी दर्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । वृत्तमा मन्त्री स्थापितकी श्रीमतीले झण्डै पाँच तोला सुन चोरी भएको भन्दै उजुरी दिएकी छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्