प्रधानमन्त्री ओलीको भारत भ्रमण

ओलीले पाए ‘गार्ड अफ अनर’, भने–मित्रताको अगाडि सम्झौता वा सहमति केही होइन

गार्ड अफ अनर ग्रहण गर्दै भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : दीपा दाहाल/देश सञ्चार

नयाँ दिल्ली – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारले शनिबार बिहान गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि शुक्रबार भारत गएका हुन् ।

गार्ड अफ अनर पाएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो मित्रताको प्रमाण रहेको र मित्रता नै सबैभन्दा ठूलो कुरा रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘भारतसँगको प्रगाढ मित्रता हाम्रो प्राथमिकतामा छ । अब पछाडि फर्कने समय छैन । भविष्य हेरेर अघि बढ्नु पर्छ ।’

दुई देशबिचको मित्रता ऐतिहासिक रहेको भन्दै ओलीले आफ्नो भ्रमणले त्यो सम्बन्ध नविकरण तथा थप बलियो बनेको बताए ।

उनले भने, ‘हामी दुई देश दुई घनिष्ट मित्र हौँ । मित्रताका अगाडि कुनै सम्झौता वा सहमति केही पनि रहँदैन । हामी अरु देशसँग पनि भारतसँगको जस्तै मित्रताको खोजीमा छौँ ।’

ओलीले समय फेरिँदै गएको र दुई देशबिचको सम्बन्ध पनि त्यसै अनुरुप अघि बढ्दै आएको बताए । दुई देशका नागरिकको चाहना पनि यस्तै रहेको उनको भनाई छ । भारत भ्रमणमा रहेका ओलीले शनिबार नै भरतीय राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्