प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपति कोविन्दबिच भेटवार्ता

नयाँ दिल्ली – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शनिबार बिहान भेटवार्ता गरेका हुन् । ओलीले गार्ड अफ अनर लिएपछि राष्ट्रपति कोविन्दसँग भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटवार्तामा दुईदेशबिचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल शान्त, समृद्ध र विकसित मुलुक भएको हेर्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा भारतीय राष्ट्रपति कोविन्दले नेपालको विकासले आफूलाई पनि खुशी दिने बताएका हुन् ।

बहुमतका साथ नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा ओलीलाई उनले बधाई समेत दिए । ओलीसँग विदेशमन्त्री सुष्मा स्वराजले पनि भेट गरेकी छन् ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्