सलमान खान जेलबाट बाहिर आउने बाटो खुल्यो

कालो हरिण शिकार गरेको आरोपमा दोषी ठहर भएपछि पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खान जमानतमा हिरा हुने भएका छन् ।

राजस्थानको जोधपुर सेसन्स अदालतले सलमानको जमानत अपिलमा शनिबार सुनुवाई गर्दै उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

सलमानले रिहाइका लागि ५० हजार भारु जमानत बुझाउनु पर्ने अदालतले फैसला गरेको छ । बिहीबार जोधपुर अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोेकेपछि सलमान हिरासतमा छन् ।

जमानतमा रिहा हुने बाटो खुलेपछि उनी शनिबार बेलुकासम्म जेलबाट बाहिर आउने सम्भावना छ ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्