बुटवलको भाटभटेनीमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

बुटवल – बुटवल स्थिति भाटभटेनी सुपर मार्केटमा लागेको आगो आइतबार बिहान ९ बजे नियन्त्रणमा आएको छ । आगलागीका कारण सुपरमार्केटको माथिल्लो तल्ला जलेर नष्ट भएको छ ।

अहिले क्षतिको विवरण संकलन भैरहेको रुपन्देही प्रहरीले जनाएको छ । लाखौँको क्षति भएको अनुमान छ । विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । नेपाली सेना, प्रहरी, दमकलको सहयोगमा आगो निभाएका थिए ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्