बाटोमा सुत्ने ठाउँको विवादमा हत्या

काठमाडौं- सडकमा सुत्ने ठाउँको बारेमा विवाद हुँदा राजधानीमा एक जनाको हत्या भएको छ। सिनाम‌ंगलस्थीत भत्केको पुल मुनी सुतिरहेको अवस्ठामा गत बुधबार रामेछापका ३५ वर्षीय ज्ञाने राईको हत्या भएको थियो।

राईको हत्या आरोपमा उदयपुरका ४२ वर्षीय मोटे भन्ने सरोज श्रेष्ठ र सर्लाहीका २९ वर्षीय अमित भनिने मिन बहादुर पौडेल पक्राउ परेको गौशाला प्रहरी वृतका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

तीनै जना ज्याला मजदुरी गर्दै उक्त पुल मुनी बस्दै अाएका थिए। प्रहरीका अनुसार  मादक पदार्थ सेवन गरी अाएको तीन जनाको समूहले सुत्ने ठाउँको विवाद हुँदा राईको टाउकोमा ढु‌ंगा प्रहार गरी फरार भएको थियो। हत्यामा संलग्न एक जना फरार छन्।

सबैको परिवारसँग राम्रो सम्बन्ध नरहेको जनाईएको छ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्