तीनदिने भ्रमण सकेर नेपाल फर्किए प्रधानमन्त्री ओली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी । तस्बिर : दीपा दाहाल/देश सञ्चार

काठमाडौँ- तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार राति नेपाल फर्किएका छन्।

उनी आइतबार राति नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौँ ओर्लिएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त वक्तव्य जारी गरेका थिए।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्