मेलम्चीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, हेलम्बुमा बस खस्दा थप १ जनाको ज्यान गयो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार राति बोलेरो पिक–अप जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । मेलम्ची–९ पिपलटारमा आइतबार राति बा १८ च ४६९९ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बोलेरो बाटोबाट तल खसेर दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा चालक मेलम्ची–९ का ३५ वर्षे सुरेश तामाङ्ग, सोही ठाउँका १३ वर्षका कमल स्याङ्बो र ४२ वर्षका मोती अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना राति भए पनि सोमबार बिहान स्थानीय बासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्रै प्रहरी त्यहाँ पुगेको थियो । कच्ची बाटोबाट जिप तल सकेको हो । तीनैजनाको शव निकालेर मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राकिएको मेलम्ची प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोककै हेलम्बुमा आइतबार राति नै भएको अर्को दुर्घटनामा एकजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

ठमाडौंबाट छुटेको बा २ ख ६३६५ नम्बरको बस राति साढे ११ बजे हेलम्बु–१ तिम्बुमा बाटोबाट तल खसेर दुर्घटना हुँदा सहचाकको ज्यान गएको प्रहरी चौकी तालामाराङ्गले जानकारी दिएको छ ।

अरु ६ जना घाइते भएका छन् । पाँचजनाको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते एकजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्