टाइटानिकलाई पछि पार्यो ब्ल्याक प्यान्थरले

धेरै अर्थले फरक तर प्रशंसा बटुलेको चलचित्र ब्ल्याक प्यान्थरले सबैले सम्झिने चलचित्र टाइटानिकलाई पछि पारेको छ । सामान्य रुपमा सुपर हिरोमा कालो छाला भएका कलाकारलाई देख्न पाइँदैनथ्यो ।
तर सुपर हिरोको कथा समेटिएको चलचित्रमा सबै सुपर हिरो वा सुपर हिरोइनहरु कालो छाला भएका नै छन् । यसले सुपर हिरोको सम्झना आउँदा सम्झिने गोरो छाला भएको स्वरुपको ‘ट्याबु’ तोडेको छ ।
ट्याबु तोडेको ब्ल्याक प्यान्थरले समीक्षकबाट पनि राम्रो प्रशंसा पाएको थियो र छ । यस्तै व्यवसायिक सफलता पनि । अहिले आएर व्यवसायिक सफलतामा ब्ल्याक प्यान्थरले २० वर्ष अघिको चलचित्र टाइटानिकलाई पछि पारेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचिमा टाइटानिक तेस्रो स्थानमा थियो । तर अब त्यो ठाउँ ब्ल्याक प्यान्थरले लिएको छ । पहिलो नम्बरमा पुग्न ब्ल्याक प्यान्थरलाई यो हप्ता कुर्नु पर्ला तर टाइटानिकलाई पनि उसले पछि पारिसकेको छ ।
ब्ल्याक प्यान्थरले अहिलेसम्म आन्तरिक बक्स अफिसमा ६६५.४ मिलियन अमेरिकी डलर संकलन गरेको छ । यो टाइटानिकको भन्दा बढी हो ।
अब ब्ल्याक प्यान्थरले स्टार वारस् : द फोर्स अवेकन्स र अवतारलाई पछि पार्न बाँकी छ । उत्तर अमेरिकी चलचित्रको इतिहासमा ब्ल्याक प्यान्थर सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको सूचिमा तेस्रो स्थानमा पुगेको हो ।