नयाँ वर्षमा नयाँ उर्जा : घुम्न कहाँ जाने?

काठमाडौं – हुर्किँदै गर्दा फेरिने वर्षले वयश्क सपनाहरु जोड्ने अनि हुर्केकाहरुमा फेरिने वर्षले थप्ने जिम्मेवारीहरु ।

यो सपना र जिम्मेवारीको खेलमा नयाँ वर्षले दिने आँट र भरोसा हो । यो आँट–भरोसाको खेल जिन्दगीमा नयाँ ठाउँले उर्जाको सञ्चार गर्छ । यसैले बन्छन्, नयाँ वर्षमा गरिने नयाँ कामको सूचिसँगै घुम्ने नयाँ ठाउँका सूचिहरु पनि ।

यस्ता गन्तव्यको खोजी गर्न अप्ठ्यारो छैन । साथी–भाइले सुझाउँछन्, आफन्तले पनि । अनि सञ्चारमाध्यम त छँदैछन् । त्यसमा पनि पर्यटनकै लागि केन्द्रित रहेका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्था र अनलाईनहरु पनि छन् ।

नेपाल विदेशीहरुको घुम्नु पर्ने लिस्टमा पनि पर्ने भएकाले भ्रमण सम्बन्धी विभिन्न निकायले नेपालका बारेमा उल्लेख गर्ने गरेका छन् । यस्तै भ्रमण सम्बन्धी विकल्पको कुरा गर्ने थलो लोन्लीप्लानेटले पनि नेपालका विभिन्न ठाउँलाई स्थान दिएको छ ।

नयाँ वर्षको घुम्ने योजनामा विकल्पहरु रोज्न र निर्णय लिनका लागि लोन्लीप्लानेटको जानकारी पनि सहयोगी हुन सक्छ । यसको सूचिमा हामीले घुम्ने ठाउँका रुपमा सामान्य रुपले लिँदै आएका गन्तव्यहरु त छन् नै थप ओझेलमा परेका मध्य तराईका बारेमा पनि उल्लेख गरिएको छ । यस्तै तराई र महाभारत श्रृङ्खला पनि उसको सूचिमा छ ।

मध्य तराईको घुम्नु पर्ने ठाउँमा एक सिंगे गैँडा र अरु जनावरका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, सिद्धार्थ राजमार्गमा पर्ने बुटलवल, तान्सेनसहितका ठाउँ, भैरहवा, हेटौँडासहितका ठाउँ छन् ।

यसैगरी वीरगञ्ज, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्ष, धरान, विराटनगर, हिले, भेडेटारसहितका ठाउँ पनि विकल्प हुन सक्छन् ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्