नेपालका जीतु राईले जिते भारतका लागि स्वर्ण पदक

भारतीय सेनाका निशानेबाज जीतु राईले अस्ट्रेलियाको गोलकोस्टमा भइरहेको कमनवेल्थ खेलमा १० मिटर एयर पिस्तोल प्रतिस्पर्धामा नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन् ।
जीतुले २३५.१ अंक जोडेर भारतलाई स्वर्ण पदक दिलाएका छन् ।
को हुन जीतु राई ?
जीतु राई जुन हातले अहिले निशाना लगाउँछन् १२ वर्ष पहिला त्यही हातले नेपालको एक सानो गाउँमा मकै र आलुको खेती गर्थे । घरमा नै भैँसी र बाख्रासँग उनको समय बित्ने गर्थ्यो ।
संखुवासभाका जीतु भारतीय सेनामा कार्यरत छन् । जीतुका बुवा भारतीय सेनामा थिए, जसले चीन र पाकिस्तानसँगको युद्धमा भारतको तर्फबाट लडेका थिए ।
ब्रिटिस आर्मीमा भर्ती हुने मन भए पनि जीतु २० वर्षको उमेरमा भारतीय सेनामा भर्ती भए । सन् २००६–२००७ मा जीतु ब्रिटिस आर्मीमा भर्ना हुनका लागि गएका थिए । तर त्यहि बेला भारतीय सेनाका लागि पनि फारम परेका थिए । ब्रिटिस आर्मीको भन्दा पहिला भारतीय आर्मीका लागि उनी चयन भए ।
भारतीय सेनाको ‘गोरखा रेजिमेन्टमा’ नेपालहरु गोरखा सैनिकका रुपमा भर्ती हुन्छन् ।
निसाना राम्रो भएका जीतुलाई यो खेल सुरुमा राम्रो लागेको थिएन, जब उनी लखनउको सैन्य अड्डामा थिए ।
उनेको खुबी देखेर भारतीय सेनाको निशानेबाजको युनिटमा पठाइयो तर सुबेदार जीतुलाई लगातार २ वर्ष फेल गरेर फिर्ता पठाइयो ।
त्यसपछि उनको जीवन फेरियो र उनले कडा मेहनत गर्न सुरु गरे । जीतुले भारतीय सेनामा रहेर २०१३ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सुरु गरे र एक वर्षमा नै विश्वभरि आफूलाई चिनाउन सफल भए ।
उनले २०१४ मा कमनवेल्थ खेलमा ५० मिटर पिस्तोल वर्गमा स्वर्ण पदक जिते भने त्यसै वर्ष एसियन गेम्समा भारतका लागि पहिलो स्वर्ण पदक जीतुले नै जितेका थिए ।
२०१४ मा नै जीतुले १० मिटर एयर पिस्तोमा गोल्ड र ५० मिटर एयर पिस्तोलमा रजतसहित नौ दिनमा तीन वर्ल्डकप पदक जितेर कीर्तिमान बनाएका थिए ।
२०१६ मा ओलम्पिकमा पदक जित्न नसक्नु उनको कमजोरी मानिन्छ । उनको सपना थियो, ओलम्पिकमा पदक जित्ने ।
२०१८ मा उनले राम्रो पुनरागमन गरे, मेक्सिकोमा भएको वर्ल्ड कपमा उनले कास्य पदक जिते ।
धेरै वर्षसम्म जीतुको घरमा थाहा थिएन कि उनी विश्वभरबाट पदक जितिरहेका छन् भनेर । जब जीतुले अर्जुन पुरस्कार पाए त्यसपछि आमालाई थाहा भयो कि छोरो कति ठूलो खेलाडी भएछ भनेर ।
कहिले काहीँ उनी घर आउँछन् र उनलाई आफ्नो घर पुग्न धेरै दिन लाग्छ । उनलाई गाउँ पुग्न ३ दिनसम्म लाग्छ । अब जीतु जहाज चढेर जान्छन् तर गाउँ र घरसम्म पुग्न अझै हिँडेर जानु पर्छ ।
चार वर्ष पहिला उनको गाउँमा बिजुलीको पहुँच भयो । त्यो भन्दा अगाडि गाउँमा उज्यालो कसैले देखेको थिएन तर गाउँको एक युवाले विश्वभरमा आफ्नो नाम उज्यालो बनाएको छ ।
निसानेबाज जीतु फुर्सद भए पछि भलिबल र अमिर खानका फिल्म हेर्न मन पराउँछन् ।
स्रोत : बिबिसी हिन्दी