त्यो एउटा ट्वीट जसले पर्यटनमन्त्री तत्कालै एक्सनमा उत्रिए

काठमाडौं- “प्रिय रवीन्द्र दाइ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डोमेस्टिक सेक्सनमा देखिएको यो दृश्यले निकै दु:ख लाग्यो। अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्यो दाइ ! बाँकी पर्यटन विकास त गर्दै गरौंला।”
पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई मेन्सन गर्दै आइतबार पत्रकार तथा कवि भोजराज न्यौपानेले गरेको ट्वीट हो यो। उनले सँगै तस्विर पनि राखेका थिए जसले विमानस्थलको नाजुक अवस्था प्रस्टै झल्काउँथ्यो।
प्रिय रविन्द्र दाइ ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलकाे डाेमेस्टिक सेक्सनमा देखिएकाे याे दृश्यले निकै दुख लाग्याे । अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्याे दाइ ! बाँकी पर्यटन विकास त गर्दै गराैंला !
प्रिय रविन्द्र दाइ ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलकाे डाेमेस्टिक सेक्सनमा देखिएकाे याे दृश्यले निकै दुख लाग्याे । अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्याे दाइ ! बाँकी पर्यटन विकास त गर्दै गराैंला ! @RabindraADH pic.twitter.com/bMwZcaHCVu
— Bhoj Raj Neupane (@BhojR_neupane) April 7, 2018
भोलिपल्ट तीनबजेतिर उनैलाई मेन्सन गर्दै मन्त्री अधिकारीले अर्को ट्वीट गरे, ‘प्रिय भाइ भोज राज आजको २० दिनमा कम्तीमा १०० कुर्सी भएको थप कक्ष तयार गर्ने गरी आज बाट काम गर्न लगाएको छु। सुझावलाई सधै स्वागत छ।’
पृय भाइ भोज राज आजको २० दिनमा कम्तीमा १०० कुर्सी भएको थप कक्ष तयार गर्ने गरि आज बाट काम गर्न लगाएको छु ! सुझावलाई सधै स्वागत छ ! https://t.co/wn3A3xbgAs
— Rabindra Adhikari (@RabindraADH) April 8, 2018
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन विमानस्थललाई व्यवस्थित गर्ने काम गरिरहेको थियो। त्यसै बिच पर्यटन मन्त्रीले क्यानलाई छिटो भन्दा छिटो विमानस्थल व्यवस्थित पार्न निर्देशन दिए। मन्त्रीको निर्देशन पछि वीरगञ्ज भन्सार कार्यालयमा पुगेका कुर्चीहरु रातारात विमानस्थलमा ल्याईयो। र अन्तराष्ट्रिय टर्मिनलमा व्यवस्थित कुर्चीहरु राखियो। क्यानका महानिर्देशक सञ्जीव गौतमले देशसञ्चारसँग भने, ‘हामी अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित पार्ने काम गरिरहेका नै थियौं तर मन्त्री ज्युको निर्देशनले केहि छिटो काम सम्पन्न भएको हो।’
गौतमले भने, ‘मन्त्रीज्यूले आन्तरिक टर्मिनललाई पनि व्यवस्थित बनाउन निर्देशन दिएकाले अबको १५ दिन भित्र आन्तरिक टर्मिनलमा यात्रुहरुले महसुस गर्ने गरि परिवर्तन गर्न काम भइरहेको छ।’
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यात्रुहरू बस्न नपाएर अलपत्र भुँईमा बसिरहेको फोटो देखिए पछि आज नयाँ कुर्सीहरु आएछन् ।
(फोटोः सत्यप्रीय भारद्वज)@RabindraADH pic.twitter.com/QzH8AEbEt5
— Krishna Sharma (@kps_baglung) April 8, 2018
केही दिन पहिले नेपालगन्ज जाँदा नै भोजराजलाई विमानस्थलको दुर्दशा देखेर चसक्क मन खाएको थियो। शनिबार साथीको फेसबुकमा तस्बिर भेटे र मन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरे, भोजराजले भने।
आइतबार मन्त्री रविन्द्र अधिकारीले मेन्सन गरेको ट्वीटले सबैभन्दा बढि उनैलाई खुशी बनायो। देश सञ्चारसँगको कुराकानीमा भोजराजले भने, ‘हामीले जति भने पनि केहि हुँदैन भन्ने लाग्थ्यो, तर रविन्द्र अधिकारीले साँच्चै लोकतान्त्रिक पारा देखाए। नागरिकको पहुँचमा सिंहदरबार छैन भन्ने बुझाइलाई कामले आलोचना गरे, उनको गुण देखेर साँच्चै खुशी छु।’