कर्णाली प्रदेशमा संसदीय समितिका सदस्यहरुको टुंगो लाग्‍यो

सुर्खेत-कर्णाली प्रदेशसभाले संसदीय समितिका सदस्यहरुको टुङ्गो लगाएको छ। प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकले सोमवार समितिका सदस्यहरुको टुङ्गो लगाएको हो।

बैठकमा कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले चारवटै विषयगत समितिका सदस्यहरुको नामावली संसदमा पेश गरेका थिए । सभामुख शाहीले पेश गरेको सदस्यहरुको नामावली सर्वसहमत रुपमा अनुमोदन गरिएको हो।

विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा सांसदहरु जीवनबहादुर शाही, चन्द्रबहादुर शाही, देवी वली, धर्मराज रेग्मी, पदम रोकाय, विन्दमान विष्ट र मिनासिं रखाल रहेका छन्।

यस्तै सामाजिक लेखा समितिको सदस्यमा करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनबन्धु श्रेष्ठ, शोसिला शाही र पद्मा बोहोरा चयन भएका छन्।

संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिको सदस्यमा यामलाल कँडेल, अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिं परियार, वीरबहादुर शाही र सीता नेपाली रहेका छन्।

त्यसैगरी सामाजिक विकास समितिको सदस्यमा सांसदहरु कृष्णा शाह, कौशीलावती खत्री, ठम्बरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशिल थापा चयन भएका छन्।

विषयगत समितिको सदस्यहरुबाटै अध्यक्षको चयन हुने प्रावधान छ।तर, अध्यक्ष चयन हुनुभन्दा पहिले समितिको जेष्ट सदस्यको अध्यक्षतामा बैठक बस्‍नेछ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्