जेलबाट छुटे लगत्तै सलमान नेपाल आउने पक्का, जेठ १२ गते कार्यक्रम

काठमाडौं : बलिवुड अभिनेता सलमान खान जेठमा नेपाल आउने भएका छन्। धरौटीमा रिहा भएलगत्तै उनको नेपाल टुरको मिति तय भएको हो।

आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जेठ १२ गते नेपालमा हुने कार्यक्रममा सलमान आउने जनाएको छ। सलमान धरौटीमा  छुटे लगत्तै दबंग टुरको भारतस्थित आधिकारिक इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले ओडिसीलाई पत्राचार गरेको हो ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडीसी इन्टरटेनमेन्टले फागुन २६ गतेको ’द दबंग टुर’ स्थगित गरेको थियो।

दुई वटा कृष्णसारको सिकारको मुद्दामा  जोधपुरको स्पेसल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएपछि सलमान केही दिनयता चर्चामा छन्। सलमान दुई दिन जेल बसेर शनिबार साँझ ५० हजार धरौटी बुझाएर छुटेका थिए ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनीष पावलको प्रस्तुति रहनेछ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्