भक्तपुर फुटबल संघमा सुजखू

नगरकोट- भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षमा गौतम सुजखू पुनः सर्वसम्मत निर्वाचित भएका छन्।

मंगलबार पाँचौँ जिल्ला अधिवेशनले नौ सदस्यीय कार्यसमिति चुनेको छ। सोअनुसार उपाध्यक्षद्वयमा रामकृष्ण प्रजापति र रवीन्द्रकुमार थापा तथा सदस्यमा योगेन्द्र खर्बुजा, सञ्चज्ञान याकामी, तीर्थ राजचल, गोविन्द कार्की, हरिराम मुस्याख्व र इन्द्रप्रसाद राजलवट रहेका छन्।

एन्फाको विधानअनुसार निर्वाचित सदस्यबाटै संघका महासचिव र कोषाध्यक्ष मनोनयन गरिनेछ। संघका नवनिर्वाचित पदाधिकारीलाई एन्फाका उपमहासचिव सञ्जीव मिश्रले प्रमाणपत्र वितरण गर्दै नवनिर्वाचित कार्यसमितिले भक्तपुरमा फुटबल खेल र खेलाडीको विकास र विस्तारमा काम गर्ने विश्वास व्यक्त गरे।

संघले यसअघि अधिवेशन बोलाउँदा सबै क्लबलाई आधिकारिकता नदिएको भन्दै भक्तपुरका चार क्लबले संघविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए।

सो मुद्दामा जिल्ला अदालतले संघको अधिवेशन रोक्न अन्तरिम आदेश दिएको थियो। पछि मुद्दा हाल्ने क्लबले मुद्दा फिर्ता लिएपछि एन्फालाई भक्तपुर जिल्ला संघको अधिवेशन गराउन बाटो खुलेको थियो।

चैत २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्