महेन्द्रनगर डिपिएल क्रिकेटको क्वालिफायरमा

काठमाडौं- महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा पुगेको छ। धनगढीमा मंगलबार भएको एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई १५ रनले हरायो।

पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन जोडेको थियो। महेन्द्रनगरका आरिफ शेखले ३५ र पुनित मेहराले २६ रन बनाए। करन केसीले २४ तथा आसिफ शेख र रोहित पौडेलले समान ११ रन बनाए।

धनगढी डिपिएलको फाइनलमा, काठमाडौं एक विकेटले पराजित

अत्तरियाले  निर्धारित २०  ओभरमा ४ विकेट गुमाएर  मात्र ११५  रन बनायो। अत्तरियाका सुबास खकुरेलले ३०, दीपेन्द्रसिंह एेरीले २७ र गौरब चित्काराले १४ रन बनाए।  विपिन चन्दराले अविजित २६ रन बनाए।   बुधबार हुने दोस्रो क्वालिफायरमा    काठमाडौं गोल्डेन्सको सामना गर्ने छ।

पहिलो क्वालिफायरमा म‌ंगलबार काठमाडौंलाई एक विकेटले हराएर टिम चौराहा धनगढी फाइनल पुगेको छ। उपाधि भिडन्त शुक्रबार हुने छ।

चैत २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्