डिपिएल : फाइनल प्रवेशका लागि महेन्द्रनगर र काठमाडौंले प्रतिस्पर्धा गर्दै

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल बुधबार हुँदैछ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं गोल्डेन्स र एलिमिनेटरमा विजयी भएको महेन्द्रनगर युनाइटेड फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

एलिमिनेटरमा सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

यस्तै पहिलो क्वालिफायरमा टिम चौराह धनगढीसँग एक विकेटले पराजित भएको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको छ ।

यसमा विजयी हुन सके काठमाडौं फाइनलमा प्रवेश गर्ने छ । खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी भएको टिम चौराह धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल खेल चैत ३० गते हुनेछ ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्