पोखरा घुम्न आएका शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु

पोखरा – नवलपरासीको बर्दघाटबाट पोखरा घुम्न आएका एक शिक्षक लेकसाईडको एक होटलको झ्यालबाट खसेर मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका –११ नवलपरासीका शिक्षक पोखरा–६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट बुधबार राति खसेको बताइएको छ ।

बर्दघाटको माउण्ट एभरेष्ट अङ्ग्रजी बोर्डिङ स्कुलका शिक्षक २७ वर्षका रामप्रसाद आचार्य विद्यालयका अन्य ११ जनाको टोलीसहित मंगलबार पोखरा आएका थिए ।

मंगलबार बेलुका तीन साथीसहित होटल बाहिर मादक पदार्थ सेवन गरेर आएका उनीहरुले होटलमा आएपछि पनि मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।

होटल प्राईम लेकसाईडको तेस्रो तलाको कोठा न ३०३ मा आचार्य २ साथीसहित बसेका थिए ।

सिसाको स्लाईड मात्रै भएको झ्यालबाट उनी कति बेला कसरी खसे भन्ने बारेमा अनुसन्धान भैरहेको कास्की अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्