झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं- केहि दिन देखी उतारचढाव देखिएको सेयर बजार बुधबार ३.१ अंकले ओरालो लागेको छ। साताको चौथों कारोबार दिन बजार खुले देखि ओरालो लागेको नेप्से परिसूचक अन्तिममा झिनो अंकले उकालो लागेको हो।

झिनो अंकले बजार उकालो लाग्दा कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार ३४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा बुधबार भने २८ करोड ८४ लाख सिमित भएको छ।

साताको चौथों दिन दिनभरमा १ सय ५८ कम्पनीको ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयर किनबेच भएको छ।

१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको नविल बैंकको प्रमोटर सेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। ६.३२ प्रतिशतले मुल्य बढेको नेपाल हाइड्रो डेभलोपर लिमिटेड धेरै कमाउने कम्पनी बन्दा ५.३८ प्रतिशतले मुल्य ओरालो लागेको हिमालयन डिष्ट्रिलरी धेरै गुमाउने कम्पनी बन्यो।

‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स झिनो अंकले उकालो लाग्दा बैंकिङ,  हाइड्रोपावर, इन्स्योरेन्स, उत्पादनमुलक र माइक्रोफाइनान्स उपसूचक पनि उकालो लागेको छ। तर होटेल, विकास बैंक, फाइनान्स र अन्य उपसूचक भने ओरालो लागे।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्