सोनमको विवाहमा रणवीर र दिपिका पनि पाहुना

एजेन्सी-नायिका सोनम कपूर र आनन्द आहुजाको विवाह ‘मे’ मा हुदैछ। फिल्ममेकर म्यागजिनको अनुसार सोनम र आनन्द मुम्बईमा विवाह गर्न राजी भएका छन्।

अभिनेता अनिल कपूर र सुनिताकी छोरी सोनम कपूरले उद्यमी आनन्द आहुजासँग लगन गाँठो कस्न लागेकी हुन्।उनीहरु सन् २०१६ देखि प्रेम सम्बन्धमा छन्।

विवाहमा हिन्दी फिल्म उद्योगका सहकर्मी तथा मित्रलाई निमन्त्रणा दिइएको छ। विवाहमा अर्जून कपूर, अंशुला, सोनमको प्रिय मित्र ज्याकलिन फरनानडेज, सोनमको आउँदो चलचित्र भिरे दि वेडिङका सहकलाकार तथा नायिका करीना कपूर खान विवाहमा आउँनेछन्।

विवाहमा आउँने पाहुनाको सूचिमा सोनमका पूर्व प्रेमि भनिएका रणविर कपूरलाई पनि निम्ता दिइएको छ।सोनम कपूर र रणविर कपूर बाल्यकालका साथी हुन्। दुवैले सन् २००७ मा संजय लिला भन्साली निर्देशित चलचित्र सावरियामा सँगै काम गरिसकेका छन् यही चलचित्र निमार्णको क्रममा उनीहरु प्रेम सम्बन्धमा रहेको हल्ला चेलेको थियो। पछि रणविर कपूर दिपिका पादूकोणसँग प्रेमसम्बन्धमा रहे।

तीन वर्षपछि उनीहरुको प्रेम सम्बन्ध पनि टुंगियो।अहिले दिपिका रनविर सिंहसँगको प्रेममा छिन्, जसलाई यी दुवैले सार्वजनिक गरेका छैनन् । सोनम कपूरको विवाहमा नायिका दिपिका पादुकोण र रणविर सिंहलाई पनि निम्ता दिइएको छ।

सोनमको विवाहमा नायिका आलिया भट्ट, वरुण धवन, करण जोहर, सेफ अलि खान, करिश्मा कपूरलाई पनि अतिथि सूचिमा राखिएको फिल्म मेकर म्यागजिनले जनाएको छ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्