डीआईजी खरेलको राजिनामा स्वीकृत

काठमाडौं-  गृह मन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। खरेलले बुधबार मात्र प्रहरी प्रधान कार्यालयमार्फत राजिनामा बुझाएका थिए।

गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह प्रवक्ता रामकृष्ण सुवेदीले खरेलको राजिनामा स्विकृत भएको जानकारी दिए।

डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिनुपरेको राजिनामा पत्रमा उल्लेख गरेका छन्।

मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजिनामा दिने घोषणा गरेका थिए।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्