गोल...

हार्‍यो रियल मड्रिड, तर पुग्यो सेमिफाइनलमा, रोनाल्डोको पेनाल्टी निर्णायक

साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलको दोस्रो लेगमा गएको वर्षको फाइनलिस्ट युभेन्टससँग पराजित भएर पनि च्याम्पियन्स लिगको सेमिफाइनलका प्रवेश गरेको छ ।

अवे मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको स्पेनिस क्लब रियल मड्रिड घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा भने ३–१ ले पराजित भयो ।

तर समग्रमा ४–३ को जित निकाल्दै रियल मड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने सम्भावनाको यात्रा कायम राख्न सफल भयो ।

दोस्रो लेगमा महत्वपूर्ण गोल गर्दै टिमलाई अघि बढाउने क्रममा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इन्जुरी समयमा पेनाल्टी मार्फत एक गोल गरे ।

दोस्रो मिनेटमा नै मारियो मान्जुकीको गोलबाट भ्रमण टोली युभेन्टसले सुरुवाति अग्रता लियो । मान्जुकीले ३७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

६० औँ मिनेटमा ब्लेज म्याट्युडीले गोल गरेपछि युभेन्टस बलियो अवस्थामा पुग्यो । इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले अपशब्द प्रयोग गरे । रेफ्री माइकल ओलिभरले उनलाई रातो कार्ड देखाए ।

इन्जुरी समयको सातौँ मिनेटमा रोनाल्डोल पेनाल्टी मार्फत महत्वपूर्ण गोल गरे र टिमलाई अन्तिम चारमा पुग्ने पक्का गराए । रोनाल्डोल यो सिजन रियल मड्रिडका लागि अहिलेसम्म ४१ गोल गरेका छन् ।

चैत २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्