५० लाख अवैध भारुसहित दुईजना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौं – झण्डै ५० लाख अवैध भारतीय नोटसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं लाजिमपाटको सांग्रिला होटलबाट झण्डै ५० लाख अवैध भारतीय नोटसहित बिहीबार बिहान दुईजनालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

चैत २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्