स्वेच्छिक अवकाश दिने पक्षमा सरकार छैन- मन्त्री पण्डित

मोरङ- मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी आवश्यक्ता परिरहेको अवस्थामा सरकार कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा नरहेको बताएका छन्।

मोरङको सुन्दरहरैंचास्थित नगरपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा मन्त्री पण्डितले सरकारले तोकेको क्षेत्रमा गएर राष्ट्रसेवक कर्मचारीले सेवा प्रदान गर्न आलटाल गर्न नहुनेमा जोड दिए।

मन्त्री पण्डितले तीनै तहको स्थानीय निकायमा कर्मचारीको अभाव हुन नदिन सरकारले खटाएको स्थानमा कर्मचारीले जान्‍न भन्‍न नमिल्ने बताए।उनले कर्मचारीको आवश्यकता परिरहेको अवस्थामा स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको पनि स्पस्ट पारे।

कार्यक्रममा मन्त्री पण्डित, प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल, राष्ट्रिसभा सदस्य रमेशजंग रायमाझी, प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौला तथा राजकुमार ओझा, चुमनारायण तवदारलाई सम्मान गरिएको थियो।

सोही क्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले महिला पत्रकार रोशा बस्नेतलाई ६ लाख रुपैयाको चेक प्रदान गरे। बस्नेत सगरमाथा आरोहणका लागि तयार अवस्थामा रहेकी छिन्।

चैत्र २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू