मेस्सी एक्लैले विश्वकप जित्न सक्दैनन्

लियोनल मेस्सी एक्लैले आफ्नो प्रयासमा मात्रै विश्वकप फुटबलको उपाधि जित्न नसक्ने अर्जेन्टिनाको फुटबल एसोसिएसनका प्रमुखले बताएका छन् ।

अर्जेन्टिनाको फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापियाले मेस्सी उत्कृष्ट खेलाडी रहेको र विश्वकपमा आफूहरुको आश उनीमाथि नै रहेको तर उनी एक्लैले मात्रै केही गर्न नसक्ने बताएका हुन् । विश्वकपको उपाधि उचाल्नका लागि मेस्सीलाई टिमका साथी खेलाडीको साथ चाहिने उनले बताएका हुन्।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित भएर मेस्सीसँगै अर्जेन्टिना उपाधि बिहीन बन्यो । त्यसपछि अब दुई महिनापछि रुसमा हुने विश्वकप फुटबल अर्जेन्टिना र मेस्सीका लागि अवसरसँगै चुनौतीको रुपमा आउने छ ।

पाँचपटकका बालोन डी’ओर विजेता मेस्सीका लागि यो वर्ष विश्वकपको उपाधि जित्ने सम्भवतः अन्तिम अवसर रहेको भन्दै अध्यक्ष तापियाले तर त्यसका लागि मेस्सी एक्लै नभई टिमका सबै खेलाडीको एकीकृत प्रयास चाहिने बताए ।

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्