
साङ्केतिक तस्बिर
काठमाडौँ– रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै विभिन्न देशहुँदै टोगामा पुर्याएर अलपत्र पार्ने दलाललाई प्रहरीले पक्रेको छ । पर्साको ठोरी गाउँपालिका ६ का सुरेन भन्ने मोहन श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले बिहिबार चितवनको भरतपुरबाट पक्रेको हो ।
मोहन समेत संलग्न रहेका दलालको समुहले मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिनहुँदै टोगोमा पुर्याएर नेपालीलाई अलपत्र पार्ने गर्ने पत्ता लागेको थियो ।
६ महिनासम्म टोगोको होटेलमा बन्धक जस्तो बनाई अलपत्र पारेका मध्य ६ जना पीडितलाई चैतको तेश्रोहप्ता उद्धार गरिएको थियो । पीडित अरु पनि रहेको र यसरी पठाउने दलालको समुह नै रहेको सिआइबीका प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।