नयाँ वर्षमा रमाउन काठमाडौँका १० ट्रेकिङ ट्रेल

चन्द्रागिरीबाट देखिएको काठमाडौँ।

काठमाडौँ-  उपत्यकाको हतार र भागदौडको जिन्दगी तथा धुलोधुँवा र प्रदूषणबाट मुक्ति पाउन नजिकैका डाँडाकाँडामा ट्रेकिङ गर्न जाने युवायुवतीको संख्या पछिल्लो दिनमा बढिरहेको छ।

कतिपय संघसंस्था तथा युवासमूहहरुले राजधानी वरिपरिका डाँडाकाँडाहरुमा पैदलयात्राको संयोजन गर्ने गरेका छन्।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा समेत पैदलयात्राका लागि सूचना र जानकारी राख्ने गरेका छन् पछिल्लो समय, युवाहरुले।

उपत्यका भएका कारण काठमाडौँ वरिपरि डाँडाहरु छन्। फूलचोकीदेखि नाागार्जुनसम्म,  चम्पादेवीदेखि नगरकोटसम्म – हिँड्न चाहनेका लागि काठमाडौँ वरिपरि जताततै ट्रेकिङ ट्रेलहरु छन्। काठमाडौँ फेरो भनेर एेतिहासिक कालमा पनि बौद्ध भिक्षुहरु एक महिना लगाएर उपत्यकाको परिक्रमा गर्थे।

काठमाडौं आसपास एेतिहातिक,सांस्कृतिक र प्राकृतिक महत्त्वका ठाउँहरु बग्रेल्ती छन्।

पर्यटन बोर्डले पनि नगरकोट, चम्पादेवी, चन्द्रागिरी, फुल्चोकी लगायतका डाँडाहरुमा रहेका पुराना ट्रेल विकास गर्दै प्रवर्द्धन गरिरहेको छ।

नयाँ वर्ष प्राकृतिक वातावरणमा मनाउन खोज्नेलाई काठमाडौं नजिकै रहेका १० वटा ट्रेकिङ ट्रेल विकल्प बन्न सक्छन्।

नयाँ वर्षको पहिलो दिन सुन्दर बनाउन काठमाडौं नजिकै भएका यी ट्रेलहरुको यात्रामा निस्कने कि!

  • चम्पादेवी हाइक ( कीर्तिपुर-हात्तीवन-कीर्तिपुर) साढे ३ घण्टा
  • चन्द्रागिरी हाइक (थानकोट-कीर्तिपुर- थानकोट) ३ घण्टा
  • फूल्चोकी ट्रेक (गोदावरी-फूल्चोकी-गोदावरी) साढे ४ घण्टा
  • शिवपुरी: (बुढानीलकण्ठ-सुन्दरीजल) ३ घण्टा
  • जामाचो ट्रेक: (बागद्वार-बालाजु) साढे २ घण्टा
  • साँखु- मणिचूड (४ घण्टा)
  • साँखु- तेलकोट- नगरकोट (३ घण्टा)
  • नाला- नगरकोट (३ घण्टा)
  • नमोबुद्ध-बल्थली (साढे ३ घण्टा)
चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्