राराबाटै दिए प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना, आउँदै छ संकल्प

सुर्खेत–प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाटै देश विकासका लागि संकल्प गर्ने भएका छन्। उनले राराबाट ट्वीट गर्दै नयाँ वर्षको शुभकामना र केही संकल्प गर्ने उद्घोष गरेका हुन्।

‘हामी नयाँ सम्वत २०७५ मा प्रवेश गरिरहेका छौं । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा म हार्दिक शुभकामना व्यक्त गर्दछु।’ उनले ट्वीटमार्फत भनेका छन्, ‘नव वर्ष आरम्भको बिहानीमा प्रकृतिको अनुपम कुञ्ज कर्णालीको राराबाट म केहि शुभकामना र संकल्प प्रस्तुत गर्नेछु।’

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्