माओवादीसँग ५०/५० को सहमति भएको छैन: खनाल

विराटनगर- पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादीसँग ५०/५० प्रतिशत भागवण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएका बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने भन्दै अरु बाँकी सबै सञ्चारमाध्यमहरुको हल्ला मात्र भएको दाबी गरे।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीमा अहिले दुई अध्यक्ष हुने तथा संगठनमा आपसी समझदारीमा चयन गर्ने जानकारी दिए। नेता खनालले दुवै पार्टीबीचको आपसी एकता प्रकिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मिति समेत नसर्ने दाबी गरे।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू