सालहको कीर्तिमान, लिभरपुलको शानदार जित

इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बोर्नमाउथमाथि ३–० को जित दर्ता गरेको हो ।

लिभरपुलका जितमा साडिओ माने, मोहमद सालह र रोबर्टो फिमिनोले गोल गरे । मानेले सातौँ मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलका लागि ६९ औँ मिनेटमा सालहले गोल गरे ।

९० औँ मिनेटमा फिरमिनोले गोल गरेपछि लिभरपुल ३–० ले विजयी भयो । सालहले यो सिजन लिभरपुलबाट ४५ खेलमा ४० गोल गरिसकेका छन् । उनले प्रियिमर लिगमा ३० गोल गरेका छन् । उनी प्रियिमर लिगमा ३० गोल गर्ने पहिलो अफ्रिकी खेलाडी बनेका छन् ।

जितपछि तेस्रो स्थानको लिभरपुलको ३४ खेलबाट ७० अंक भएको छ । राति नै भएका खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–२ तथा बर्नलीले लेस्टर सिटीलाई २–१ ले हराएको छ । यस्तै क्रिष्टल प्यालेसले ब्राइटनमाथि ३–२ को जित दर्ता गरेको छ ।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्