नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बेलुका एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल बाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

विज्ञापन

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए । पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए ।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू