नयाँ वर्षमा कतै कुमारी, कतै लाखे (फोटो फिचर)

काठमाडौं – काठमाडौंको इतुंबाः मा स्थानीय कला तथा सँस्कृतिको जर्गेनाका लागि भन्दै इतुंबाः फेस्टिवल मनाइएको छ ।

इतुंबाः को ऐतिहासिक क्षेत्रमा नयाँ वर्षको दिन शनिबार भएको फेस्टिवलमा स्थानीय प्राचीन कला, सँस्कृति तथा परम्पराको झलक प्रदर्शन गरिएको थियो ।

स्थानीय समुदाय र उनीहरुका परम्परागत कला तथा सँस्कृतिलाई प्रचार प्रसार गर्ने उद्देश्यले फेस्टिवल गरिएको हो । किलागल टोल सुधार समितिले गरेको फेस्टिवलमा कुमारी, लाखेसहितका स्थानीय कला तथा सँस्कृतिको प्रदर्शन गरिएको थियो ।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्