नयाँ वर्षबारे ओशोका तीन सूत्र

(ओशो बीसौँ शताब्दीका एक महान् रहस्यदर्शी हुन्। नयाँ वर्षबारे उनको धारणा हामीले उनको पुस्तक  “जीवन रहस्य”बाट अनुवाद गरेर प्रकाशन गरेका छौँ। )

साथीहरु मलाई भन्छन् कि म नयाँ बर्षको लागि केही भनौँ। नयाँ वर्षका लागि म केही भन्ने छैन। किनभने तपाई नयाँ वर्ष फेरि जिउनु हुनेछ। जसले गएको वर्ष पुरानो गर्नुभयो र तपाईँ नयाँ वर्षलाई पनि पुरानो बनाउनुहुनेछ। थाहा छैन, तपाईले कतिवटा वर्ष पुरानो पार्नुभयो।

तपाईँ पुरानो बनाउन यति सक्षम हुनुहुन्छ कि नयाँ वर्ष उम्किन पाउने छैन। नयाँ वर्ष नयाँ नै रहने सम्भावना कम छ। तपाईँ यसलाई पनि पुरानो बनाउनु नै हुनेछ। एक वर्षपछि जम्मा हुनुहुनेछ र फेरि सोच्नुहुनेछ, नयाँ वर्ष। यस्तो तपाईँले कतिपटक नयाँ सोचिसक्नु भएको छ! तर, नयाँ आएको छैन! किनभने तपाईँको तरिका पुरानो जन्माउने जस्तो छ।

नयाँ वर्षको चिन्ता नगर्नुहोस। नयाँको कसरी जन्म हुन सक्छ, यो बारेमा थोरै सोच्नुहोस् र थोरै प्रयोग गर्नुहोस्।

मैले तपाईँलाई तीन कुरा भनेँ।

१. एक त पुरानोलाई नखोज्नुहोस्। खोजेमा त्यो भेटिनेछ, किनभने त्यो छ।

प्रत्येक अंगारमा दुई कुरा हुन्छ।

त्यो पनि छ जो जलेर सकियो, निभिसकेको छ, जुन भाग जलेर सकिसक्यो त्यो पनि छ। र, त्यो अंगार पनि भित्र छ जो जलिरहेको छ, जिउँदो छ अझै पनि, निभेको छैन अझै पनि।

जिन्दगी असाध्यै अदभुत छ, यसमा खोज्नेले सबै पाउँछ। जो मान्छे खोज्न जान्छ, उसले अवश्य पाउनेछ।

जे तपाईँले पाउनु हुनेछ, ध्यानसँग बुझ्नुहोला, तपाईँले खोज्नुभएको थियो, त्यसकारण भेटियो। अरु कुनै कारण छैन त्यो भेटिनुमा। नयाँ अंगार पनि छ, त्यो पनि खोज्न सकिने छ। पहिलो कुरा, पुरानोलाई नखोज्नुहोला। भोलि बिहान उठेर एक सानो प्रयोग गरेर हेर्नुहोस् कि पुरानोलाई हामी नखोज्ने भनेर।

भोलि अलिकति ध्यान दिएर आफ्नो श्रीमतीलाई हेर्नुहोस् जसलाई ३० वर्षदेखि तपाईँ देखिरहनु भएको छ। सायद तपाईँले ३० वर्षसम्म राम्रोसँग हेर्नु भएको थिएन। हुनसक्छ पहिलो दिन हेर्नुभयो र त्यसपछि हेर्नु भएको थिएन। र यदि अहिले म तपाइलाईँ भन्छु कि आँखा बन्द गरेर मात्र ५ मिनेट आफ्नो मनमा श्रीमतीको चित्र बनाउनुहोस्। तपाईले अचानक चित्र डामाडोल भएको पाउनुहुनेछ। चित्र बन्ने नै छैन।

किनभने कहिल्यै उनको रेखा पनि त कोरिन पाएन तपाईँको मनमा। वास्तवमा हामी भन्ने गर्छौँ कि यति माया गर्छौँ, उति माया गर्छौँ भनेर। त्यसरी सबैको अगाडि चिच्चाएर भन्नुको कारण माया गर्नुहुन्न। हल्ला मच्चाएर मायाको आभास हामीले पारिरहेको छौँ।

त्यसो भए भोलि बिहान उठेर नयाँको थोरै खोजी गर्नुहोस्। नयाँ सबैतिर छ, हरेक दिन छ, प्रत्येक दिन छ। नयाँको सम्मान गर्नुहोस्, पुरानोको अपेक्षा नगर्नुहोस्। हामी पुरानोको अपेक्षा गर्छौँ। हामी चाहन्छौँ कि हिजो जे भएको थियो, आज पनि त्यो होस्। त्यसरी त आज पुरानो हुन जानेछ। जुन कहिल्यै भएन त्यो आज होस् त्यसको लागि हाम्रो खुला मन हुन जरुरी छ। हुन सक्छ त्यो दुख नै होस्।

तर म तपाईँलाई भन्न चाहन्छु पुरानो सुख भन्दा नयाँ दुख राम्रो हुन्छ, किनभने नयाँ भनेको नयाँ हो। त्यसमा पनि एउटा जिन्दगी र एक रस हुन्छ। पुरानो सुख पनि खल्लो हुन्छ त्यसमा कुनै रस हुँदैन। त्यसकारण धेरै पटक यस्तो पनि हुन्छ की पहिला सुखमा रहेको मान्छे नयाँ दुख आफ्नो हातमा खोज्छ। त्यो खोज यसकारण कि अब नयाँ सुख नभेटेमा दुख नै भए पनि भेटियोस् भनेर।

मानिस रक्सी पिइरहेको छ। वेश्याको घरमा गइरहेको छ। नयाँ दुख खोजिरहेको छ। नयाँ सुख त भेटेको छैन नयाँ दुख नै भएपनि भेटियोस् भनेर। केही त नयाँ होस् भनेर। नयाँ पाउन त्यति धेरै आकांक्षा छ। तर हामी पुरानोको अपेक्षा गर्ने मान्छे हौँ।

२. त्यसकारण दोस्रो सुत्र तपाईँलाई भन्छु, पुरानोको अपेक्षा नगर्नुहोला। र यदि भोलि बिहान श्रीमती उठेर घर छोडेर जान लागेमा एक पटक पनि नभन्नुहोला, अरे तिमीले त यो कसम गरेको थियौ भनेर। कसले कसका लागि कसम खान सक्छ? त्यसबेला चुपचाप घरबाट विदा गर्नुहोला।

जुन प्रेमले उसलाई लिएर आउनु भएको थियो, त्यही प्रेमका साथ उसलाई विदा गर्नुहोला। यो विदा पनि स्विकार गर्नुहोला, नयाँको सधै सम्भावना हुन्छ। तपाईको श्रीमती पुरा जिन्दगी चौबिस घण्टा तपाइको साथमा रहनु जरुरी के छ? भेटिनेबेला र छुट्टिने बेला यति तनाव लिनुको कारण के छ?

तर होइन, विदा गर्न वास्तवमा नै मुस्किल छ। किनभने हामी भन्ने गर्छौ कि पुरानो जे थियो त्यही हुनुपर्छ स्थिर रुपमा। नयाँ जब आउँछ, त्यसलाइ स्वीकार गर्नुहोस्, पुरानोको आकांक्षा नगर्नुहोस्।

३. तेस्रो कुरा: अरु कसैले तपाईँका लागि नयाँ गर्न सक्ने छैन, तपाईँ आफैँले गर्नु पर्ने छ। र नयाँ गर्नुको मतलव तपाईँले पूरा दिन वा पूरा वर्षलाई नै नयाँ गर्न सक्नु हुनेछ भन्ने होइन। एक–एक कण, एक–एक क्षणलाई नयाँ गर्न सक्नु भएमा अन्ततः पूरा दिन, पूरा वर्ष नयाँ हुनेछ।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्