हत्या गरेर भागेका एक व्यक्ति पक्राउ

काठमाडौं – टाउकोमा प्रहार गरी एकजनाको हत्या गरि फरार रहेका विजय तामाङ पक्राउ परेका छन् । आइतबार राति साढे ११ मा काठमाडौंको टोखा नगरपालिका–७ मा पूर्णिका विकलाई टाउकोमा प्रहरी गरि विजय भागेका थिए ।

विजयको प्रहारबाट पूर्णिमाको ज्यान गएको थियो । मिस्त्रीको काम गर्ने यी दुवै जनालाई आइतबार राति ८ बजेसँगै हिँडेको देखिएको थियो ।

तर सामान्य विवादमा विजयले पूर्णिमालाई हानेको प्रहरीले जनाएको छ । पर्सा घर भई अहिले टोखा बस्दै तामाङलाई प्रहरीले पक्रेको छ ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्