फोटो फिचर

फूलले ढाकिँदा यस्तो देखियो भृकुटीमण्डप

काठमाडौं – पुष्प व्यवसायको विकास र विस्तारका लागि भन्दै गएको चैत ३० देखि वैशाख ३ सम्म काठमाडौंको मृकुटीमण्डपमा पुष्प प्रदर्शनी भयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला गरेको हो ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन्।

मेलामा फूलका ८२ कक्ष थिए । नेपालमा विसं २०११ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौं उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो अवस्थामा छ ।

अहिले ४१ जिल्लामा ६७८ भन्दा बढी पुष्प व्यवसाय विस्तार रहेको छ । मेलाका बेला भृकुटीमण्डप फूलले ढपक्क ढाकिएको थियो ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू