इन्धन बोक्ने ट्यांकरमा गाँजा तस्करी

काठमाडौँ –इन्धन बोक्ने ट्यांकरमा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले गत शनिबार पक्राउ गरेको छ। काठमाडौंबाट जादैं गरेको ना ४ ख ५३६८ नम्बरको ट्यांकरलाई चन्द्रागिरी नगरपालिका झ्याप्लेखोलामा खान तलासी गर्ने क्रममा १ सय ६० केजी गाँजा सहित २ जना पक्राउ परेका हुन्।

पक्राउ परेका मकवानपुर थाहा नगरपालिकाका सोम बहादु थोकर र कैलाश गाउँपालिकाका कैलाश सिंक स्याङबो लामो समय देखि गाँजा तस्करीमा संग्लन भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा तस्करहरुले सर्लाहीहुँदै भारत तर्फ गाँजा लैजान खोजेको प्रहरीको भनाई छ।

थुनामा रहेका थोकर र स्याङ्बोमाथि थप अनुसन्धान भइरहेको छ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्