आइएमई इन्सुरेन्स र नर्भिक अस्पतालले नगदरहित सेवा सुरु गर्ने

काठमाडौँ– आइएमई जनरन इन्सुरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल अस्पतालले नगदरहित सेवा सुरु गर्ने सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक अस्पतालका प्रमुख बजार अधिकृत प्रविण दबारले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आइएमई इन्सुरेन्स कम्पनीबाट औषधोपचार खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म नर्भिक अस्पतालबाट नगद रहित सेवा पाउने छन् ।

सम्झौता पछि दुवै संस्थाले एक अर्कासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनलाई सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू