मानव सेवा आश्रममा फाइन्ड यु फुड

मानव सेवा आश्रममा खाना बाँड्दै फाइन्ड यु फुडका सदस्यहरु।

काठमाडौँ- मातातीर्थ औँसीको पूर्वसन्ध्यामा फाइन्ड यु फुडले बुढानीलकण्ठस्थित मानव सेवा आश्रममा खाना उपलब्ध गराएको छ। फुड डेलिभरीको व्यवसाय गर्दै आएको कम्पनीले आइतबार आश्रममा बस्दै आएका २५ जनालाई खाना खुवाएको हो।

फाइन्ड यु फुडले आफैँले बनाएर तयारी खाना आश्रमलाई उपलब्ध गराएको हो। सामान उपलब्ध गराएर आश्रममै खाना तयार गर्ने भन्दा आफैँले तयारी खाना उपलब्ध गराउँदा आश्रममा बस्नेहरुलाई फरक स्वाद प्राप्त भएको आश्रमकी नविना सिटौलाले बताइन्। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न मानव सेवा आश्रममा बस्नेहरुलाई आफ्नै उत्पादन उपलब्ध गराएको कम्पनिका सञ्चालक जगदीश गौतमले बताए। सधैँभन्दा फरक खानाको स्वाद पाउँदा पेट भरिए पनि मनमा अझैँ खाउँ खाउँ लागिरहेको आश्रममा बस्दै आएकी यशोदाले बताइन्।

फाइन्ड यु फुडले अनलाइन मार्फत काठमाडौँ उपत्यकाभित्र ग्राहकको माग अनुसार तयारी खाना डेलिभरी गर्दै आएको छ। कम्पनीले व्यवसाय गर्दै आएपछि समाजलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर सामाजिक उत्तरदायित्व पूरा गर्न यस्ता कामहरु गर्दै जाने प्रतिबद्धता कम्पनिका अर्का सञ्चालक रञ्जन गौतमले बताए।

कम्पनीले काठमाडौँ उपत्यकाभित्र ग्राहकले खाना अर्डर गरेपछि आफ्नै भान्छामा खाना तयार गरेर दुरीको हिसाबले बढीमा एक घन्टाभित्र उपलब्ध गराउँदै आएको छ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्