एकताबारे माओवादीका प्रस्ताव अस्वीकार्य हुने भन्दै एमालेमा दबाब

एमाले स्थायी समितिको सोमबार राति बसेको बैठक।

एमाले स्थायी समितिको सोमबार राति सकिएको बैठकका अधिकांश सदस्यहरुले माओवादीको बाहिर आएजस्तो प्रस्ताव औपचारिक रुपमा आए कुनै पनि हालतमा स्वीकार नहुने भन्दै नेतृत्वलाई दवाब दिएका छन्।

स्थायी समिति बैठकमा नेताहरुलले आफ्नो अडान कायम राख्न पनि दबाब दिएका छन्। यद्यपि एकताको विकल्प नभएको उनीहरुको भनाइ छ। बिहान ओली र दाहालको छलफलबारे पनि बैठक बताइयो। एकता संयोजन समितिको बैठकमा बुधबार बिहान माओवादीलाई मनाउने कोशिश गर्ने भन्दै नेताहरू छुट्टिएका थिए।

एमाले नेता भीम रावलले भने समसामयिक विेषयमा छलफल भएको र भोलि एकता समायोजन समितिको बैठकमा विस्तृत छलफल गर्ने निर्णय भएको बताए।

 

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्