अलबिदा अथक अभियन्ता

अमेरिकी पूर्व प्रथम महिला बारबरा बुसको निधन

बारबरा बुस

बारबरा बुस, अमेरिकी पूर्व प्रथम महिला तथा शिक्षा अभियन्ता । उनको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बारबरा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसकी श्रीमती हुन् । जर्ज एचडब्लु बुसको कार्यालयबाट जारी गरिएको व्यक्तव्यमा उनको निधन भएको पुष्टि गर्दै बारबरालाई पारिवारिक साक्षरताकी अथक अभियन्ताको रुपमा चित्रित गरिएको छ ।

बारबरा बुस छोरा तथा अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको साथमा ।

बारबरा अमेरिकाको इतिहासमा एक मात्र त्यस्ती महिला हुन्, जसले श्रीमान र छोरा दुवैले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको देख्न पाइन् । उनका छोरा जर्ज डब्लु बुस सन् २००० मा राष्ट्रपति भएको थिए र दुई कार्यकाल जिम्मेवारी सम्हाले ।

बारबराको स्वास्थ्य पछिल्लो समय राम्रो थिएन । उनले आफ्नो जीवनको अन्तिम समय परिवारको साथमा बिताउन चाहेको बताएकी थिइन् ।

रबरा बुस, श्रीमान जर्ज एचडब्लु बुस र जर्ज डब्लु बुस । बारबरा र उनका श्रीमान ७३ वर्ष साथमा रहे ।

बारबराका श्रीमान जर्ज एचडब्लु बुस अमेरिकाको इतिहासमा सबै भन्दा धेरै बाँचेका राष्ट्रपति हुन् । उनी अहिले ९३ वर्षका छन् । उनी अमेरिकाका ४१ औँ राष्ट्रपति हुन् । उनी १९८९ देखि १९९३ सम्म कार्यालयमा थिए ।

बारबरा र बुसका छोरा जर्ज डब्लु बुस सन् २००० मा अमेरिकाको ४३ औँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए ।

उनले वक्तव्य जारी गरेर आफ्नी आमाको निधन भएको र आफूहरु निकै दुःखी रहेको बताएका छन् । आमा बारबरा अरु महिला जस्तै रहेको र उनले धेरैमा मुस्कान, माया र साक्षरता फैलाएको उल्लेख गरेका छन् ।

बारबरा बुस

यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि वक्तव्य जारी गरेर सामान्य तर परिवार, साथी र देशका लागि ठूलो काम गर्ने क्षमताको व्यक्ति रहेको उल्लेख गरेका छन् ।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्