एमबाप्पे चम्किए, पिएसजी फाइनलमा

पेरिस सेन्ट–जर्मेन (पिएसजी) लगातार चौथो सिजन फ्रेन्च लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिगको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको काँसँगको खेलमा पिएसजीले ३–१ को जित दर्ता गरेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा क्रिष्टोफर एनकुकुले एक गोल गरे । काँका स्माइल डिओमाण्डले एक गोल गरे । एमबाप्पेले २५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर ४३ औँ मिनेटमा डिओमाण्डले काँका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले फेरि अग्रता लियो ।

९० औँ मिनेटमा डिओमाण्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्जुरी समयको पाँचौँ मिनेटमा एनकुकुले पिएसजीका लागि गोल गरेर र टिम ३–१ ले विजयी भयो ।

पिएसजीले फाइनलमा तेस्रो डिभिजनको टिम लेस हरविएर्ससँग आउँदो मे ८ मा प्रतिस्पर्धा गर्नेछ । लिग वानको उपाधि जितेको पिएसजीले लिग कपको उपाधि पनि जित्ने सम्भावना छ ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्