त्रिविका कार्यालय र आंगिक क्याम्पस आज बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पस र कार्यालय बिहीबार बन्द रहेका छन् ।

पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयमा बिहीबार एक दिन बिदा दिएको हो ।

श्रेष्ठको गएको चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना निकालेर बिदा बारे जानकारी गराएको हो ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्