को हुन् सबैभन्दा धेरै रुचाइएका संसारका टप २० महिला र पुरुष?

एजेन्सी– सन् २०१८ मा सबैभन्दा रुचाइएको व्यक्तिमा महिलामा एन्जिलिना जोली र पुरुषमा व्यवसायी विल गेट्स परेका छन्। बजार अनुसन्धान र मूल्यांकन गर्ने संस्था यूगोभले गरेको एक अध्ययनमा प्रियंका चोपडा, दिपिका पादुकोण, ऐश्वर्या राय, अमिताभ बच्चन, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन् ।

विश्वमा रुचाइएको महिलाको सूचीमा ऐश्वर्या राय ११ औँ स्थानमा छिन्। १२ औँ स्थानमा प्रियंका चोपडा छिन् भने उनीहरुलाई पछ्याउँदै १३ औँ स्थानमा दिपिका पादुकोण आइपुगेकी छिन्।

यो तथ्यांकको लागि युगोभले ३५ देशका ३७ हजार मानिससँग अन्तर्वार्ता लिएको थियो । राजनीतिक पार्टीका व्यक्ति र व्यवसायीहरुले भरिएको सूचीमा यी सुन्दरीहरुले धेरै रुचाइएका महिलाको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका छन् । सूचीको सातौँ स्थानमा अधिकारकर्मी मलाला युसुफ छिन् । दोस्रो स्थानमा मिसेल ओबामा छिन् र महारानी एलिजावेथ द्वितिय चौथो स्थानमा छिन्। अंग्रेजी गायिका टेलर सिफ्ट सातौँ स्थानमा छिन् ।

यस्तै पुरुषतर्फ माइक्रोसफ्टका संस्थापक व्यवसायी विल गेट्स पहिलो स्थानमा छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा दोस्रो स्थानमा छन् । कलाकार ज्याकी च्यान तेस्रो स्थानमा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आठौँ र कलाकार अभिताभ बच्चन १० औँ स्थानमा छन् । फुटबल क्षेत्रका हस्ती पनि यो सूचीमा अटाएका छन् । पोर्चुगलका स्ट्राइकर क्रिस्ट्रियानो रोनाल्डो १० औँ स्थानमा, अर्जेन्टिनाका फुटबल स्ट्राइकर लियोनल मेस्सि ११ औँ स्थानमा छन् । यस्तै १३ औँ स्थानमा फुटबलर डेबिड बेकहाम छन् । धेरै रुचाइएका व्यक्तिको सूचिमा अमेरिकाका राष्ट्रपति ड्रनाल्ड ट्रम्प १७ औँ स्थानमा आइपुगेका छन् । यस्तै भारतका अभिनेता इमरान खान २० औँ नम्बरमा आइपुगेका छन् ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्