पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल शुरु

पोखरा- पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल प्रतियोगिता बिहिबारदेखि पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको छ ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा सुरु भएको प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा ४२ टोलीको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन खेलमा मसिनाले सेती ब्वाइजलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित ग¥यो। विजेताले २ लाख २५ हजार तथा उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया हात पार्ने छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्ताले जनहीँ ५ हजार रुपैयाँ पाउने आयोजक क्लवका अध्यक्ष रोशन गुरुङ्गले जानकारी दिए ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्