आइपिएल : क्रिस गेलले बनाए शतक, पञ्जाव विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार बेलुका भएको खेलमा किङ्गस इलाभेन पञ्जाव विजयी भएको छ । पञ्जावले सनराइजर्स हैदरावादलाई १५ रनले हराएको हो ।

पञ्जावले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको हैदरावादले चार विकेटको क्षतिमा निर्धारित ओभरमा मात्रै १७८ रन बनायो । उसका लागि मनिष पाण्डेयले ४२ बलमा नटआउट ५७, केन विलियम्सनले ४१ ब्लमा ५४ तथा शकिब अल हसनले १२ बलमा नटआउट २४ रन बनाए पनि हार टार्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले मात्रै ३ विकेटको क्षतिमा १९३ रन बनायो । पञ्जावको जितमा क्रिस गेलको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो ।

उनले आइपिएलको जारी ११ औँ संस्करणमा पहिलो शतक बनाउने खेलाडी बन्दै टिमलाई जित दिलाउ । गेलले मात्रै ६३ बलमा १ चौका र ११ छक्काको सहयोगमा नटआउट १०४ रन बनाए ।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्