सिरियाका तीन ठाउँ जहाँ अमेरिकाले मिसाइल आक्रमण गरेको थियो

बार्जेह साइन्टिफिक रिसर्च एण्ड स्टडी सेन्टर स्रोतः डिजिटल ग्लोब इमेज एण्ड एनालाइसिस अफ द युएस डिपार्टमेन्ट अफ डिफेन्स

शनिबार बिहानदेखि बेलायत, अमेरिका र फ्रान्सले सिरियामा १०५ वटा मिसाइल आक्रमण गरे । अमेरिकी रक्षामन्त्री जेम्स मेटिसका अनुसार यो आक्रमण सिरिया सरकारले रासायनिक हतियार राखिएको भनिएको ठाउँ नष्ट गर्न गरिएको थियो ।

अमेरिका, बेलायत, र फ्रान्सका अनुसार सिरियाको डुमामा केही दिनअघि रासायनिक हमला भएको थियो । यस आक्रमण सिरियाको बशर अल असद सरकारले गरको उनीहरुको दाबी छ । तर, सिरिया सरकार यो आरोप झुटो भएको बताउँदै आएको छ ।

बेलायत र अमेरिकाले डुमामा भएको रासायनिक आक्रमणको प्रमाण लुकाउन सिरिया सरकारलाई रुसले सहयोग गरेको आरोप लगाउँदै आएका छन् । रुसले रासायनिक आक्रमणको प्रमाण बङ्ग्याउन सहयोग गरेको भन्ने आरोप गलत भएको बताएको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लावरोवले बिबिसीलाई दिएको एक अन्तर्वातामा भनेका छन्– ‘म ग्यारेन्टी दिन्छु कि त्यो ठाउँमा प्रमाण बङ्ग्याउन रुसले केही गरेको छैन।’

होम्सको पश्चिममा अवस्थित केमिकल हतियारको बंकरको तस्विर स्रोतः डिजिटल ग्लोब इमेज एण्ड एनालाइसिस अफ द युएस डिपार्टमेन्ट अफ डिफेन्स

सन् २०१३ मा सरिन ग्यास आक्रमणपछि गरिएको वचनअनुसार आफ्नो सम्पूर्ण केमिकल हतियारको स्रोत नष्ट गरेको सिरियाको भनाइ छ। तर सरिन ग्यास आक्रमणपछि पनि अहिलेसम्म चारपटक केमिकल हतियारको प्रयोग भएको अर्गनाइजेसन र प्रोहिबिसन अफ केमिकल वेपन्सले बताएको छ ।

पूर्वी गुटाको डुमामा गत चैत २४ गते केमिकल आक्रमण भएको थियो । त्यत्तिबेला त्यो बिद्रोहीको नियन्त्रणमा थियो । उक्त आक्रमणमा ७० भन्दाबढी मानिसको ज्यान गएको थियो । अब यहाँ सिरिया सरकार र रुसी सेनाको नियन्त्रण छ ।

सिरिया सरकारका अनुसार बार्जेह जिल्लामा साइनिटफिक रिसर्च एण्ड स्टडी सेन्टर छ जसको उद्देश्य देशको विकाससँग जोडिएको विज्ञान सम्बन्धी कार्यक्रम हेर्नु हो ।

हाम्सको नजिकै शिन शहरमा केमिकल हतियार राख्ने ठाउँ स्रोतः डिजिटल ग्लोब इमेज एण्ड एनालाइसिस अफ द युएस डिपार्टमेन्ट अफ डिफेन्स

गएको हप्ता अमेरिकाको पेन्टागनमा भएको पत्रकार सम्मेलनमा जनरल जोसफ डनफोर्डले यसलाइ केमिकल र बायोलोजिकल तरिका सम्बन्धी खोज, त्यसको विकास र परीक्षणको केन्द्र बताएका थिए ।

यो एक ठाउँमा मात्र ७६ मिसाइल आक्रमण गरिको छ । आँकलन गरेअनुसारको लक्ष्य नष्ट गरिएको अमेरिकी सेनाका ज्वाइनट कमान्डोका निर्देशक जनरल केथेन मेकेन्जीले बताएका छन् ।

उनले भनेका छन्, ‘यो आक्रमणले सिरियाको केमिकल हतियार बनाउने कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिदिएको छ ।

उनका अनुसार सात किलोमिटरको क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा केमिकल हतियार राखिन्थ्यो र यो एक महत्वपुर्ण कमाण्ड पोष्ट पनि थियो । यो बंकरलाइ नष्ट गर्न ७ वटा मिसाइल आक्रमण भयो र आक्रमणले पुरै नष्ट गरेको उनले बताए ।

अमेरीकी सेनाका अनुसार सिरियाको लागी सरिन ग्यास बनाउन आवश्यक रसायन उत्पादन गर्ने समुहको प्रमुख ठाउँ थियो । यही विशेष रसायनलाई मिलाएर सरिन ग्यास र मस्टर्ड ग्यास जस्ता केमिकल हतियार बनाउने गरिन्छ ।

जनरल केनेथ मेकेन्जका अनुसार यसलाइ नष्ट गर्न २२ वटा मिसाइलको प्रयोग भएको थियो ।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्