दाङ – देशमा राजनीतिक स्थायित्वको सुरुवात भएसँगै व्यवसायिक कृषिमा लगानी केन्द्रित छ । यो बैंकहरुको लगानीले सम्भव बनाएको हो ।
दाङ देउखुरीको प्रमुख केन्द्र लमही बैंकिङ्ग हव बनेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ र ‘ख’ वर्गको मान्यता प्राप्त बैंक यहाँ खुलेका छन् ।

देशमा शान्ति स्थापनासँगै संघीयताको कार्यान्वयन चरणसम्म आइपुग्दा यहाँ दर्जन बढी बैंक खुलेर आफ्नो सेवा बिस्तार गरेका छन् । देउखुरी क्षेत्रको आर्थिक विकासमा यहाँ खुलेका बैंकले लगानी गरेका छन् ।

ठूला कृषि उद्योगमा बैंकको लगानी छ । कृषि क्षेत्रको विकासमा बैंकले लगानी लगाउँदा ठूला उद्योग र व्यवसायिक कृषि कर्म गर्नेको संख्या बढेको छ ।

लमही नगरपालिका वडा नं. ३ टिकुलिगढमा राप्ति उद्यमले कोल्ड स्टोर स्थापना गरेको छ । यो कोल्ड स्टोर निर्माण गर्न लमहीमा खुलेको लक्ष्मी बैंकले लगानी गरेको छ । ह्याचरी उद्योग, गाई/भैँसी पालनमा बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउँदा किसानलाई सजिलो भएको छ ।

‘बैंकले गाई, भैँसी पालन गर्न सहुलियतमा ऋण दिँदो रहेछ, त्यहिँबाट ऋण लियर फर्म सञ्चालन गरेको छु’ एबिसी कृषि फर्मका सञ्चालन रामभजन चौधरीले भने ‘काम गर्न चाहने तर, लगानी नहुनेका लागि बैंक राम्रो माध्यम बनेको छ ।’

लमहीमा शाखा बिस्तार नहुँदै नविल बैंकले सतबरियामा खुलेको राप्ति फिड ईन्ड्रस्ट्रिज दाना उद्योगमा लगानी लगाएको थियो । राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक पुराना बैंक हुन् ।

यी बैंकले पनि कृषि, उद्योग र व्यवसाय क्षेत्रमा ऋण प्रवाह गरेका छन् । एनआईसी एसिया, लक्ष्मी, एभरेष्ट बैंक केही अघि खुलेका हुन् । हिमालयन र नविल बैंक संघीयता कार्यान्वयन पछि स्थापना भएर सेवा प्रवाह गरिरहेका छन् । क र ख वर्गका बैंकको आकर्षण यहाँ बढी छ ।

बैशाख ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्